काठमाडौं । नयाँ वर्ष २०७३ साल संघारैमा आइसकेको छ । नयाँ वर्षको आगमन नजिकिएसँगै बजारमा नयाँ पात्रो खोज्नेको संख्या पनि बढेको छ । तर वार्षिक क्यालेन्डरमा सार्वजनिक, पर्व लगायतका विदाहरु गृह मन्त्रालययवाट स्वीकृत नहुँदा चैत महिना आधा कट्नै लाग्दा समेत आधिकारिक वार्षिक क्यालिन्डर भने आउन सकेको छैन । यता वजारमा विभिन्न प्रकाशनका नाममा वि.स. २०७३ सालका क्यालेन्डरहरु छाइसकेका छन् । यसरी सरकारले आधिकारिक विदाको अनुमति नदिई छापिएका विभिन्न क्यालेन्डरहरुको विश्वसनीयता त घटेको छ नै  समयमा आधिकारिक क्यालेण्डर नआउँदा विशेष गरी योजनावद्द रुपमा काम गर्ने व्यक्ति र निकायहरु अन्यौलमा परेका छन् । पत्रकार दीपक चन्द लेख्छन् :

समान्यतया नयाँ वर्ष सुरु हुनुभन्दा दुई महिना पहिले नै वार्षिक क्यालेन्डरहरु वजारमा आइसक्छन् । तर यस वर्ष भने नयाँ वर्ष सुरु हुन केही दिन मात्रै वाँकी हुँदा समेत सरकारले अर्को वर्षमा कुन दिन विदा स्वीकृत गर्ने भन्ने आधिकारिक निर्णय समेत गर्न सकेको छैन । यसरी सरकारले विदा स्वीकृति दिन ढिलाई गर्दा वजारमा विभिन्न प्रकाशनहरुले बजारमा पठाइसकेका क्यालेन्डरहरुको विश्वसनीयता स्वतः घटेको छ ।  अचम्मको कुरा त वार्षिक क्यालेन्डर वनाउने जिम्मेवारी पाएको पञ्चाङक निर्णायक समितिले समेत आफ्नो पात्रो वजारमा ल्याइसकेको छ । सरकारले नयाँ क्यालेन्डरलाई स्वीकृति दिन विलम्व गरेको र आम जनतालाई नयाँ वर्षमा हुने व्रतवन्ध, विवाह लगायतका पर्वका वारेमा चासो वढेकाले यी सवै मुहर्त खुलाएर पञ्चाङक निर्णायक समितिले विदा कोट नगरी सरकारलाई सूचना दिई पात्रो प्रकाशन गरेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस वर्ष भने नयाँ वर्ष सुरु हुन केही दिन मात्रै वाँकी हुँदा समेत सरकारले अर्को वर्षमा कुन दिन विदा स्वीकृत गर्ने भन्ने आधिकारिक निर्णय समेत गर्न सकेको छैन । यसरी सरकारले विदा स्वीकृति दिन ढिलाई गर्दा वजारमा विभिन्न प्रकाशनहरुले बजारमा पठाइसकेका क्यालेन्डरहरुको विश्वसनीयता स्वतः घटेको छ ।  अचम्मको कुरा त वार्षिक क्यालेन्डर वनाउने जिम्मेवारी पाएको पञ्चाङक निर्णायक समितिले समेत आफ्नो पात्रो वजारमा ल्याइसकेको छ ।

समितिका अध्यक्ष गौतमले आफूहरुले कार्तिक महिनामा नै वि.स. २०७३ सालको क्यालेन्डर वनाई विदा स्वीकृतिको लागि गृह मन्त्रालयमा पठाई सक्दा समेत गृहले अहिलेसम्म विदा स्वीकृत गरी नपठाएकोले आधिकारिक क्यालेन्डर नयाँ वर्ष सुरु हुँदा समेत वजारमा आउन नसकेको वताउनुभयो ।

यता गृह मन्त्रालयले भने आफुहरुले दुई पटक विदा स्वीकृतिको लागि क्याविनेटमा पठाउँदा समेत क्याविनेटवाट उक्त प्रस्ताव फिर्ता आएको जनाएको छ । नयाँ वर्ष सुरु हुन अझै केही दिन वाँकी रहेको र क्याविनेटको समाजिक समितिमा उक्त विदाको प्रस्ताव पुगिसकेकाले चाँडै विदाको प्रस्ताव पारित हुने मन्त्रालयले जनाएको छ ।

सरकारको आधिकारिक निर्णय विना नै यसरी धमाधम अवैधानिक रुपले वार्षिक क्यालेन्डर प्रकाशित हुँदा सरकारी निकाय मुकदर्शक बनिरहेको छ भने सरकारकै अंगको रुपमा रहेको पञ्चाङ्ग निर्णायक समितिले पात्रो निकाल्ने हतारो गरेर अर्को अन्यौल थप्ने काम गरेको । अवैधानिक रुपमा छापिने बजारीया पात्रोहरुका कारण गलत सूचना प्रभाव हुने र यसले जनमानसमा नकारात्मक असर पार्ने गुनासो आइरहँदा पञ्चाङग निर्णायक समितिको हतारोलाई सहज रुपमा लिन सकिन्न । किनभने पञ्चाङ्ग निर्णायक समितिकै असवाधानीका कारण गत फागुनमा एक महिना अघि नै मनाइसकिएको ग्याल्पो ल्होछारको सार्वजनिक विदा दिदा सरकारको आलोचना भएको थियो ।

Comments

comments