काठमाडौं । छ दिने औपचारिक भ्रमणमा नेपाल आउँनुभएका बेलायतका राजकुमार ह्यारी थप ६ दिन नेपाल बस्नुहुने भएको छ ।

औपचारिक भ्रमण बुधबार पुरा भएपछि उहाँले थप ६ दिन अनौपचारिक भ्रमणमा बस्ने इच्छा व्यक्त गर्नुभएको हो । अबको उहाँको नेपाल भ्रमण अनौपचारिक हुने राजकुमार ह्यारी आफैंले ट्वीट मार्फत जानकारी दिनुभएको छ ।

भूकम्पले भत्काएको विद्यालय बनाउन उहाँ ६ दिन नेपाल बस्न लाग्नुभएको हो ।

“भुकम्पले भत्काएको स्कुल बनाउन म थप ६ दिन नेपालमै बस्छु,” बेलायती दुतावासले आयोजना गरेको कार्यक्रममा ह्यारीले भने,“आजसम्म मेरो भ्रमण औपचारिक थियो । अब अनौपचारिक कार्यक्रम छ ।”

Comments

comments