काठमाडौ । काठमाडौंमा आज बालिका सम्मेलन हुँदैछ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ ।

सोल्टी होटेलमा हुने कार्यक्रमको उद्घाटन बिहान १० बजे हुने प्रवक्ता नारायणप्रसाद काफ्लेले जानकारी दिनुभयो । बालविवाह न्यूनीकरणका लागि भएका कानुनी प्रावधान र त्यसको कार्यान्वयन लगायतका विषयमा छलफल सम्मेलनमा गरिने मन्त्रालयका सहसचिव डा किरण रुपाखेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनमा बालबालिका, किशोरकिशोरी, युवा, समुदायका अगुवा, धार्मिक अगुवा, सरकारी तथा अन्तराष्ट्रिय स्तरका व्यक्ति, विज्ञ तथा लैङ्गिक समानता, बालबालिका तथा किशोरकिशोरीको अधिकार र सशक्तीकरणका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुको सहभागिता रहने छ ।

Comments