सिड्नी । आफ्ना विभिन्न नखरा र बानी व्यहोराका कारण चर्चामा आइरहने पप स्टार म्याडोना यतिखेर अष्ट्रेलियाका विभिन्न शहरहरुको कन्सर्टमा व्यस्त छिन् । तर म्याडोनाका लागि यसपटक अष्ट्रेलियाको टुर त्यति सुखद रहेन । उल्टै उनीसँग अष्ट्रेलियाका दर्शकहरु रिसले आगो भए ।

म्याडोनाको रवैयाप्रति अष्ट्रेलियाका दर्शकहरु यसरी आक्रोशित बनेका हुन् । त्यही आक्रोश पोख्न उनीहरुले सामाजिक सञ्जालहरुबाट म्याडोनामाथि निरन्तर आक्रमण गर्दै आएका छन् । २३ वर्षपछि अष्ट्रेलियामा पहिलोपटक टुरमा आएकी म्याडोनाको कार्यक्रम दुई घण्टा ढिलो शुरु भएपछि दर्शकहरु आगो भएका हुन् । मार्च १६ मा ब्रिस्बोनमा आयोजित ५७ वर्षीया म्याडोनाको कार्यक्रम झण्डै २ घण्टा ढिलो गरि शुरु भएको थियो । दुई घण्टा कुर्नुपरेपछि धेरै दर्शकहरु कार्यक्रम शुरु नहुँदै हिडेका थिए । तर उनीहरुले म्याडोनाप्रतिको आफ्नो आक्रोश सामाजिक सञ्जालहरुबाट पोख्न थाले । एकजनाले ट्वीटरमा लेखे–यति तिमी समयमा र प्रत्यक्ष गाउँन सक्दिनौं भने तिम्रो सबै मिहिनेत व्यर्थ छ ।

ढिलो शुरु भएको कार्यक्रम राति अबेरसम्म चलेको थियो । कार्यक्रम सकिदा सार्वजनिक सवारीका साधनहरु बन्द भैसकेका थिए । त्यसैले धेरै दर्शकहरुको विचल्ली भएको थियो ।

म्याडोनाले दर्शकदीर्घबाट एक जना १७ वर्षीया युवतीलाई स्टेजमा तानेर लगेर उनको स्तन र पुठ्ठा सुमसुम्याउँदै ‘यस्तै केटीहरु हुन्,जसलाई तिमीहरु यसरी नै सुमसुम्याउँन चाहन्छौ ‘ भनेकी थिइन् ।

त्यसको भोलिपल्ट ब्रिसबोनमै भएको अर्को कार्यक्रममा म्याडोनाले गरेको अर्को हर्कतको पनि तीव्र आलोचना भैरहेको छ । म्याडोनाले दर्शकदीर्घबाट एक जना १७ वर्षीया युवतीलाई स्टेजमा तानेर लगेर उनको स्तन र पुठ्ठा सुमसुम्याउँदै यस्तै केटीहरु हुन्,जसलाई तिमीहरु यसरी नै सुमसुम्याउँन चाहन्छौ भनेकी थिइन् ।

म्याडोनाको यो हर्कत र भनाईको पनि सामाजिक सञ्जालहरुमा तीव्र आलोचना भैरहेको छ । यो यौन दुव्र्यवहार र शोषण दुवै हो,धेरैले भनेका छन् ।

तर कुरियर मेल पत्रिका मार्फत ती युवतीले म्याडोनाको बचाउ गर्दै म्याडोनाले आफ्नो स्तन खेलाएकोमा कुनै आपत्ति नभएको प्रष्ट पारेकी थिइन् । ममाथि दुव्र्यवहार भएको थियो कि थिएन,त्यो म आफैं मनन गर्न सक्छु । तर किन अरु मान्छेहरुले आफैं अर्थ लगाइरहेका छन्,मैले बुझन् सकेकी छैन,ती युवतीले बताईन् । ‘ के म आफ्नै स्तन,निप्पल अथवा अरु अंगहरुका कारण दुव्र्यवहार भैरहेको मानूँ ? ‘उनले पत्रिकालाई भनिन् ।

यही महिनाको शुरुमा मेलबर्नमा आयोजित कन्सर्टमा पनि म्याडोनाले रक्सीले मातेर राम्रो प्रस्तुति दिन नसकेको भन्दै आलोचना भएको थियो । यस्तै गत फेब्रुअरीमा जापानको साइतामामा आयोजित कन्सर्टमा पनि म्याडोनाले दर्शकहरुलाई दुई घण्टा पर्खाएकी थिइन् ।

Comments

comments