काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले होली पर्वको अवसरमा शुभकामना संदेश दिनुभएको छ ।

सन्देशमा उहाँले सबै नेपालीबीच सामाजिक एकता कायम गर्दै बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

सबै नेपालीले हर्षोल्लासपूर्वक मनाउने फागुपूर्णिमाका अवसरमा मंगलवार सन्देश जारी गरी उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको छ ।

भण्डारीले जारी गर्नुभएको सन्देशमा यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरिएको छ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि फागु पर्वको अवसरमा सवै नेपालीको सुख, समृद्धि, सुस्वास्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ‘शरद् ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद् समयमा आउने यस पर्वले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न तथा आपसी मेलमिलापको वातावरण समेत सिर्जना गर्नेछ, शुभकामना सन्देशमा उल्लेख छ।’

Please follow and like us:

Comments