काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालमा नयाँ संविधान बनेपछि अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बेइजिङ पुगेको भ्रमण टोलीसँग भएको संयुक्त भेटमा चिनियाँ राष्ट्रपतिले नेपालको संविधानले राजनीतिक स्थायित्व र विकासमा अग्रसर हुन सहयोग पुग्ने बताउनु भएको हो । नेपाली भ्रमण टोलीले संयुक्तरुपमा चिनियाँ समय अनुसार अपरान्ह ४ बजे राष्ट्रपतिसँग भेटवार्ता गरेको थियो । भेटमा प्रधानमन्त्री ओलीका साथमा नेपाली भ्रमण दलमा रहेका चारैजना मन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी भएका थिए ।

भेटपछि प्रधानमन्त्री ओलीले चीन सरकारबाट उच्च सम्मान र स्वागत सत्कार पाएको बताउनुभयो । यो भ्रमणले दुई देशको सम्बन्ध अझ प्रगाढ बनाएको प्रधानमन्त्री ओलीको दावी थियो ।

Please follow and like us:

Comments