काठमाडौं । ऐतिहासिक कथालाई समसामायिक विषयवस्तुसँग फ्युजन गरेर निर्माण गरिएको नेपाली फिल्म ‘जंगे’को ट्रेलर रिलिज भएको छ ।

एक्सनलाई प्राथमिकता दिइएको जंगेमा नायिका ऋचा शर्माको हट सिन पनि देख्न पाइन्छ । उक्त दृश्यलाई ट्रेलरमा समेत प्राथमिकता दिइएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको फिल्मको ट्रेलर पहिलो दिन नै निकै रुचाइएको छ । जंगेका लागि ऋचाको चोली खुलेको हट दृश्य मसलाका रुपमा रहने निर्माण पक्षको विश्वास छ । तर जंगेको कन्टेन्ट नै बलियो रहेको निर्माण यूनिटको दाबी छ ।

फिल्ममा जंगबहादुर राणाको शासनकालको चित्रण गर्ने प्रयास गरिएको छ । तत्कालीन समयको राजनिति नै फिल्मको मुख्य कथाबस्तु रहेको फिल्मलाई उत्कल थापाले निर्देशन गरेका हुन ।

बैशाख १७ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा सुरजसिहं ठकुरी, अनुप बराल, ऋचा शर्मा, दिपशिखा ठकुरी, नरेश पौड्याल लगायतको मुख्य भुमिका रहेको छ ।

Comments

comments