सिड्नी । अष्ट्रेलियामा रहँदै आउँनुभएका फोटोग्राफर सुधिरा शाहले सिड्नीमा डकुमेन्ट्री अवार्ड जित्नुभएको छ ।

उहाँले गत वर्ष नेपालमा गएको महाभूकम्प पछि खिच्नुभएका चार मध्ये तीन वटा तस्वीरहरुले अस्ट्रेलियामा डकुमेन्ट्री अवार्ड जितेको हो । उक्त अवार्ड शनिवार अष्ट्रेलियन व्यवसायीक फोटोग्राफरहरुको राष्ट्रिय संस्था एआईपीपीले आयोजना गरेको कार्यक्रममा एनएसडब्लु राज्यबाट घोषित गरिएको थियो । आईपीपीद्धारा वर्षेनी आयोजना गरिने उक्त प्रतियोगीतामा हजारौंको संख्यामा व्यवसायिक, उदीयमान तथा विद्यार्थी फोटोग्राफरहरुले आफ्ना तस्वीरहरु समावेश गरी बिभिन्न क्याटोगोरीमा भिड्ने गर्छन् । शाहका तीन तस्वीरहरुले व्यवसायिक फोटोग्राफरको तर्फबाट प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो ।

Sudhira Shahशाहले गत वर्ष नेपालको महाभूकम्प लगत्तै करीब तीन महिना भूकम्पबाट प्रभावित क्षेत्रहरुको भ्रमण गरी त्यसबाट पीडितहरुको व्यथामा आधारित जीवन्त तस्वीरहरु क्यामरामा कैद गर्नुभएको थियो ।

बिगत डेढ दशकदेखि व्यवसायिक फोटोग्राफीमा निरन्तर लाग्दै आउँनुभएकी शाह नेपालमा रहदा कान्तिपुर राष्ट्रिय दैनिकमा प्रेस फोटोग्राफरको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

केही वर्षदेखि अष्ट्रेलियामा रहँदै आउँनुभएकी शाह हाल अष्ट्रेलियन नेपालीहरुको तस्वीर–पुस्तक प्रकाशित गर्ने योजनामा रहनुभएको छ ।

Comments

comments