काठमाडौं । केही समय अघि मात्र प्रसारण सकिएको टेलिरियल सिंहदरवारमा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेर सानो पर्दाका दर्शक माझ लोकप्रिय बनेकी अभिनेत्री गौरी मल्ल फेरि टेलिभिजन पर्दामा देखिने भएकी छिन् ।

तर यसपटक भने उनी कार्यक्रम सञ्चालिकाकी रुपमा रहनेछिन् । गौरी निकट स्रोतका अनुसार उनी छिट्टै एउटा स्थापित टेलिभिजन च्यानलमा निकै लोकप्रिय भैसकेको कार्यक्रमको दोस्रो सिजन लिएर आउँने भएकी हुन् । टेलिभिजन र कार्यक्रमको नाम नखुलाइए पनि गौरीले चलाउँने कार्यक्रम सेलिब्रेटीहरुमा केन्द्रीत रहने पनि बताइएको छ ।

तीन दशक अघि निर्माण भएको सन्तान चलचित्रबाट नायिकाका रुपमा अभिनय यात्रा प्रभारम्भ गरेकी गौरी मल्लका कन्यादान,सरस्वती,स्वर्ग,लोभिपापी,आँधीवेहरी,महामहाया लगायतका चलचित्रहरु बढी चर्चित छन् ।

टेलिभिजनमा पनि बेलाबखत देखिरहने गौरीले एक दशक अघि सांग्रिला च्यानलबाट प्रसारण हुने कार्यक्रम मनको कुरामा रवि लामिछानेसँग मिलेर कार्यक्रम सञ्चालन समेत गरेकी थिइन् । त्यसपछि विवाह गरेर लामो समय जापानमा रहेकी उनी त्यहाँबाट पनि फर्केर अमेरिका पुगेकी थिईन् ।

हाल भने उनी नेपालमै छिन् ।

Comments

comments