मेलबर्न । रंगहरुको पर्व होलीको अवसरमा अष्ट्रेलियाको मेलबर्नमा भोली हुने विशेष होली कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

मधेसी समाज भिक्टोरियाले आयोजना गर्न लागेको होली फेष्टिबल अफ कलर्सलाई मोरल्याण्ड सिटी काउन्सिलले समेत आर्थिक सहयोग गर्ने भएको छ । भोली अपरान्ह १ देखि ४ बजेसम्म हुने रंगहरुको उत्सव होलीमा सहभागी बन्न सम्पूर्ण मेलबर्नबासीमा आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रममा सहभागीताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । होली उत्सव कार्यक्रम ब्रुन्सवीक इष्टस्थित जोन्स रिजर्भ पार्कमा हुनेछ । कार्यक्रममा हल्का पेय पदार्थका साथमा रंगहरु,गीत संगीतका साथै भरपूर मनोरञ्जनको व्यवस्था रहने आयोजकले जनाएको छ ।

होली उत्सवलाई पारिवारिक र मैत्रीपूर्ण वातावरणमा सम्पन्न गर्ने योजनामा आयोजक मधेसी समाज भिक्टोरिया रहेको छ । हिमालयन कङ्गारुले पनि अफिसियल मिडियाको रुपमा सहकार्य गर्दैछ ।

Comments

comments