काठमाडौ । मधेसी मोर्चाले आफ्ना माग पुरा गर्न दवाव दिँदै सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

गठबन्धनले साउन ३१ देखि मोर्चाले थालेको मधेस आन्दोलनका क्रममा उठेका मुद्दाको सम्बोधन, घाइतेको उपचार, मृत्यु भएको क्षतिपूर्ति, पक्राउ परेकाको रिहाइको माग सहित आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।
मोर्चाले आन्दोलनको सुरुवातका रुपमा ज्ञापनपत्रलाई लिएको छ । चीन भ्रमणका विषयमा प्रधानमन्त्रीलाई भेटेर विरोध जनाउने मोर्चाको तयारी छ ।

पर्सी चीनको औपचारिक भ्रमणमा जान लाग्नुभएका ओलीले मोर्चा सहितको गठबन्धन टोलीसँग भेटघाटको समय तय गरिसक्नुभएको छैन ।

मोर्चाले समय मागेको तर प्रधानमन्त्री व्यस्त रहेकाले मिलाउन नसकिएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमणको विरोधस्वरुप मोर्चाले भोलि शान्ति बाटिकामा विरोध प्रदर्शन समेत गर्ने तयारी गरेको छ । एक महिना अघि उस्तै प्रकृतिको भारत भ्रमणको भने मोर्चाले कुनै विरोध गरेको थिएन ।

Comments