काठमाडौ । एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

आजदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वर्तमान सरकारको काम कारबाहीको समीक्षा लगायत विषयमा छलफल हुने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा हिजो बसेको स्थायी समितिको बैठकले सरकारको कामकारबाहीबारे समीक्षा गरेको थियो । बैठकले कमजोरी सुधार गर्दै जनताको पक्षमा काम गर्न हदैसम्म प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।
आज त्यस विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ । बैठकमा पार्टी विभाजनका विषयमा पनि छलफल हुनेछ । बैठकमा प्रदेश इन्चार्ज एवम् सचिवले आ–आफ्नो प्रदेशका बारेमा प्रतिवेदन पेस गरेका थिए ।

बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

Comments

comments