मेलबर्न । अष्ट्रेलिया विश्वका सबै भन्दा खुशी नागरिकहरु बस्ने दश देशभित्र पर्न सफल भएको छ । विभिन्न अध्ययन र सूचकहरुको आधारमा संयुक्त राष्ट संघले सार्वजनिक गरेको सन् २०१६ को प्रतिवेदनमा अष्ट्रेलिया विश्वका सबै भन्दा खुशी नागरिकहरु बस्ने दश देशको सूचीमा नवौं स्थानमा रहेको छ ।

राष्ट्र संघको प्रतिवेदन अनुसार विश्वका सबैभन्दा बढी खुशी भने डेनमार्कका नागरिकहरु रहेका छन् । त्यसैले डेनमार्क सबै भन्दा खुशी नागरिक बस्ने मुलुक बन्न सफल भएको छ । सन् २०१२ देखि यस्तो प्रतिवेदन तयार पार्न शुरु गरे यता ५.६ मिलियन जनसंख्या रहेको डेनमार्क दुईपटक यो सूचीको पहिलो नम्बरमा पर्न सफल भएको छ । नागरिकहरुको स्वास्थ्य,स्वास्थ्यमा पहुँच,पारिवारिक सम्बन्ध,रोजगारको सुरक्षा र विभिन्न सामाजिक विषयहरु जस्तै रजानीति,स्वतन्त्रता र सरकारको भ्रष्टचारको अवस्था लगायतलाई आधार मानेर तयार पारिएको प्रतिवेदन राष्ट्र संघले बुधवार सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदन अनुसार सबै भन्दा खुशी नागरिक बस्ने मुलुकमा डेनमार्क पछि स्वीजरल्याण्ड परेको छ । त्यसपछि क्रमश ः आइसल्याण्ड,नर्वे,फिनल्याण्ड,क्यानडा,निदरल्यण्ड,न्यूजिल्यण्ड,अष्ट्रेलिया र दशौं नम्बरमा स्वेडेन रहेका छन् ।

Comments

comments