कास्की । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अन्तरगत विहीवार परराष्ट्र मन्त्रीस्तरीय बैठक हुँदैछ । विहीवार हुने मन्त्रीस्तरीय बैठकलाई उपलब्धिपूर्ण बनाउन आठै देशका सचिवहरु सक्रियताका साथ लागिपरेका छन् ।

बुधवार बसेको सचिवस्तरिय बैठकले विहीवारका लागि एजेण्डाहरु पनि तय गरेको छ । परराष्ट्र मन्त्रीस्तरिय बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतका विदेश मन्त्री सुष्मा स्वराज, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद काजाई पोखरा पुगिसक्नु भएको छ । अन्य देशका परराष्ट्र मन्त्रीहरु पनि बुधवार साँझ नै पोखरा पुगेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली पनि बुधवार नै पोखरा पुग्नुभएको छ । यति एयरलाइन्सको विमानबाट जानुभएका प्रधानमन्त्री ओलीलाई परराष्ट्रमन्त्री कमल थापाले स्वागत गर्नुभएको थियो । पोखरा घोषणापत्र जारी गर्दै सार्कको ३७ औं परराष्ट्रमन्त्रीस्तरीय बैठक विहीवार नै समापन हुँदैछ ।

Comments