काठमाडौँ । आफू सहभागी एक कार्यक्रममा अँग्रेजी गीत बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले देशभक्तिपूर्ण गीत गाउँनुभएको छ ।

बुधवार जंगी अड्डा भद्रकालीमा आयोजित सेवा दल सिनियर डिभिजन ११ औं ब्याचको अन्तिम दीक्षान्त कवाज अवलोकनपछि प्रधानमन्त्री ओलीले एरोबिक्समा बजाइएको अंग्रेजी गीत राम्रो नभएको भन्दै यसको विकल्पमा प्रयोग गर्न गीत लेखेर दिनुभएको छ ।

क्याटेडहरुले कवाज, सामुहिक नृत्य, खुकुरी नृत्य, तेक्वान्दो पीटी प्रदर्शन गरेका थिए । अन्तिममा प्रस्तुत गरिएको एरोबिक्समा भने अंग्रेजी गीत बनाइएको थियो । त्यसअघिका प्रस्तुतिमा राष्ट्रिय भावनाले भरिएका नेपाली गीत थिए ।

सबै प्रस्तुति हेरिसकेपछि राष्ट्रिय सेवा दलका प्रमुख संरक्षकका हैसियतमा बोल्दै उहाँले एरोबिक्स देखाउँदा बजाएको गीत आफूले नबुझेको भन्दै उहाँले नेपाली गीतमै नृत्य गर्न सुझाव दिनुभएको थियो ।

त्यसपछि उहाँले आफेंले लेख्नुभएको गीत गाएर सुनाउँनुभएको थियो । उहाँको गीत यस्तो थियो :

म मेरो देश बनाउँछु
उन्नत, अझ सुन्दर,
म मेरो देश बनाउँछु
हिमाल, पहाड तराई,
पूर्व–पश्चिम, मेची–महाकाली
मेरा सबै दिदी–बहिनी, मेरा सबै दाजु–भाई
म माया गर्छु सबैलाई,
माया गर्छु मेरो देशलाई
म मेरो देश बनाउँछु

Comments

comments