काठमाडौं । सेलिब्रेटी हुन जति गाह्रो छ,त्यो भन्दा बढी विभिन्न किसिमका गसिप र विवादहरु पचाउँन गाह्रो छ । यस्तै एउटा गसिपले अहिले अभिनेत्री शिल्पा पोखरेलको निन्द्रा उडाइदिएको छ ।

विभिन्न अनलाइनहरुमा एकपक्षीय रुपमा उनको इन्गेजमेन्टको खबर आएपछि शिल्पालाई आफ्नै स्टारडम घाँडो भएको हो । उनले आफ्नो इन्गेजमेन्ट नभएको दाबी गरेकी छिन् । हामीसँगको कुराकानीमा शिल्पाले बिबाह र इनगेजमेन्टको बारेमा गलत चर्चा भएको बताएकी हुन । बिनोद कार्की नाम गरेका युवकसंग केही समय अघि बिबाहको कुरा चलेको भए पनि बिदेश जानुपर्ने र फिल्म छोड्नुपर्ने बिनोदले सर्त राखे पछि बिबाह हुन नसकेको शिल्पाको भनाइ छ ।

केही बर्ष अघि भएको उक्त बिबाहको चर्चालाई उनीसंग सम्पर्कनै नगरी केही अनलाइन मिडियाले प्रकाशन गरेपछि शिल्पा आक्रोशित बनेकी छिन् ।

Comments

comments