काठमाडौं । यसवर्षको होली बुधवारदेखि विधिवत रुपमा सुरु भएको छ ।

होली शुरु भएको प्रतिक स्वरुप बुधवार काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी कपडा सहितको चीर अर्थात लिङ्गो ठड्याइएको छ । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन होली सुरु भएको प्रतिक स्वरुप वसन्तपुरसहित भक्तपुर र ललितपुरको दरबार क्षेत्रमा लिङ्गो ठड्याइने गरिन्छ ।

बुधबार ठड्याइएको लिंगो होलीको दिन आउँदो मंगलबार बेलुकी सेलाइनेछ । काठमाडौंसहित पहाडमा आउँदो मंगलबार र तराईमा बुधबार होली मनाईंदैछ ।

Comments

comments