एजेन्सी । इक्वेडरको सेनाको एउटा विमान अमेजन क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २२ जना मारिएका छन् ।

राष्ट्रपति राफेल कोरिआले ट्वीटरमा भनेका छन्–कोही बचेनन् । हामी शोकाकुल परिवारजन र सशस्त्र बलका साथ छौ । यो एउटा त्रासदी थियो ।

विमानमा सवारमध्ये १९ जना इक्वेडरका सैनिक जवान थिए । उनीहरु प्यारासुटिङ अभ्यासमा रहेको बताइएको छ । इजरायलमा निर्मित विमान पूर्वी प्रान्त पास्ताजामा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । समाचार एजेन्सी ईएफईका अनुसार विमानमा दुई जना चालक र एक प्राविधिक पनि थिए ।

इक्वेडरका रक्षामन्त्री रिकार्डो पातिनो र उद्धार टोली घटनास्थलतिर लागेका छन् ।

Please follow and like us:

Comments