काठमाडौ । बैंक लकरमा गोली भेटिएपछि प्रहरी हिरासतमा रहेका एकीकृत नेकपा माओवादीका सांसद ल्हारक्याल लामा वैदेशिक रोजगारका नाममा ठगी ‘फरार ‘आरोपी समेत रहेको खुलेको छ ।

उनले मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि विभागले लामालाई पक्राउ गरि बुझाउन प्रहरीलाई दुई वर्षअघि नै पत्र पठाएको थियो ।

अपरच्युनिटि म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले लामासहित फुर्वा लामा र तिरिङ डोल्ला लामाविरुद्ध २०७९ भदौमा उजुरी दिएका थिए । लगत्तै विभागले महागनरीय प्रहरी परिसर, काठमाडौंलाई भदौ ५ मा तीनै जनालाई पक्राउ गरी विभागमा पठाउन पत्राचार गरेको थियो ।

गुरुङले निवेदनमा ‘ल्हारक्यालकी भान्जी भन्ने खिनाले मकाउमा हाउस किपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याईदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् ।

Comments

comments