मेलबर्न । मेलबर्नको युनाइटेड फुटबल क्लबले नेपाली समुदायका बच्चाहरुका लागि निशुल्क फुटबल प्रशिक्षण दिन किड्स सकर एकेडेमी सञ्चालनमा ल्याएको छ ।

एकेडेमीले हरेक आइतवार विदाको दिन पारेर बच्चाहरुका लागि फुटबल प्रशिक्षण कक्षा सञ्चालन गर्नेछ । यो कक्षा सञ्चालनले नेपाली समुदायका बालबालिकाहरुबीच आपसमा घुलमिल गर्ने र खेल वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ । एकेडेमीले शुरुमा २५ जनाका लागि यस्तो प्रशिक्षणको अवसर उपलब्ध गराउँने जनाएको छ ।

यो परियोजनाका लागि ३ हजार डलर खर्च हुने अनुमान गरिएको छ । यो खर्च समुदाय र प्रायोजकहरुबाट उठाउँने युनाइटेडले जनाएको छ ।

Comments

comments