मेलबर्न । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको हितका लागि स्थापना गर्ने विद्यार्थी कल्याण कोषको सहयोगार्थ ’वाक फर वेलफेयर’ नामक कार्यक्रम हुने भएको छ ।

एनआरएन अस्ट्रेलियाको आयोजनामा राष्ट्रव्यापी ’वाक फर वेलफेयर’ कार्यक्रमको हुने भएको हो । यो कार्यक्रम अष्ट्रेलियाको सिड्नी,मेलवर्न,व्रिसबेन,पर्थ र एडिलेडमा आयोजना गरिदैछ । कार्यक्रम सिड्नीमा १९ मार्च,ब्रिसबेनमा अप्रिल २,पर्थमा ९ अप्रिलमा ,१७ अप्रिलमा मेलवर्न तथा ७ मे मा एडिलेडमा आयोजना हुने भएको छ ।

यो कार्यक्रमबाट एक करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको एनआरएनले जनाएको छ । त्यसैले यो कार्यक्रममा सहभागी बन्न नेपाली समुदायका सबैलाई आयोजकले अनुरोध गरेको छ ।

प्रारम्भमा विद्यार्थी हितका लागि एक करोडको अक्षयकोष एनआरएन अष्ट्रेलियाको संचित कोषमा राखिने छ ।

एनआरएन अष्ट्रेलियाले नेपाली समुदायको हक हितका लागि भनेर यस आघि नै करिब १ लाख अष्ट्रेलियन डलरको सोसल वेलफेयर फन्ड बनाइसकेको छ । उक्त कोष मार्फत अष्ट्रेलियामा रहेको हरेक नेपालीलाई अप्ठेरोमा आर्थिक सहयोग गर्ने गरिएको एनआरएनका अध्यक्ष सुरेन्द्र सिग्देलले बताउँनुभयो ।

Comments

comments