काठमाडौ । नेपाली कांग्रेसले आफ्नो नयाँ कार्यसमितिको विवरण आज निर्वाचन आयोगमा बुझाउँदैछ ।

१३औं महाधिवेशनको मतपरिणाम हिजो मात्र सकेको कांगे्रसले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली आयोगमा बुझाउन लागेको हो । संविधानअनुसार दलहरुले आफ्नो नयाँ कार्यसमिति आएपछि आयोगमा नामावली बुझाउनु पर्ने हुन्छ ।

कांग्रेसले ५ वर्षभित्र बुझाउनु पर्ने यो नामावली विवरण भोलि ३ गतेसम्म बुझाउनु पर्ने अन्तिम म्याद थियो । त्यसैअनुसार आज बुझाउन लागिएको हो ।

हिजो सकिएको १३औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ भने जम्मा कार्यसमितिमा पनि उहाँ निकटकै बढी छन् ।

Comments