सिड्नीको हर्सभिलमा रहेको मराना अडिटोरियममा तेरिया साँझ आयोजना हुने भएको छ । कनेक्ट नेपालको आयोजनामा अगष्ट ३ मा हुने उक्त कार्यक्रममा तेरिया संगै हास्य कलाकार जितु नेपाल “मुन्द्रे” र लोक गायक रामजी खाँड समेत सहभागी हुनेछन् । कार्यक्रममा स्थानिय नेपाली कलाकारहरुको पनि उल्लेख्य सहभागिता हुने आयोजक कनेक्ट नेपालले जनाएको छ |

=================

तेरिया सम्मानको तयारी

=================

भारतीय टेलिभिजन जी टिभीबाट रियालिटी सो मा  सर्बोत्क्रिस्ट अवार्ड हासिल गरे पछि नेपाली चेली तेरिया मगरलाई सम्मानको ओइरो लागेको छ | यसैबीच  तेरिया मगरलाई अस्ट्रेलियामा लुम्बिनी कपिलवस्तु दिवस अभियान, अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क, एनआरएन लगायत संस्थाहरुले सम्मान गर्ने तयारी गरेका छन्  ।

टेरिया मगर आमा अनिता फौजामगरसँगै सिड्नी पुग्ने छिन् | जिटीभीले अनुमति बिना कुनै सार्वजनिक कार्यक्रममा भाग लिन नमिल्ने गरि सम्झौता गराएको उनलाई अष्ट्रेलियाको यस कार्यक्रममा सहभागी हुन भने अनुमति प्रदान गरेको छ |

Comments

comments