काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका चर्चित डन दिनेश अधिकारी उर्फ चरीकी प्रेमिकाका रुपमा चर्चामा आएकी पूर्व मोडल खुश्बु ओलीले सुटुक्क विवाह गरेकी छिन् ।

चरी मारिँदा विवादमा तानिएकी खुश्बु ओली त्यसलगत्तै लण्डन पलायन भएकी थिइन् । लामा समयदेखि अध्ययनका सिलसिलामा लण्डनमा बस्दै आएकी ओलीले लन्डन निवासी सन्तोष कार्कीसँग विवाह गरेकी हुन् ।

शनिबार याक एण्ड यति होटलमा पार्टी दिइएपछि मात्रै खुश्बुले विवाह गरेको खुलेको हो ।

Comments

comments