काठमाडौं । मोफसलकै सर्वाधिक पुरस्कार राशीको सातौ सिमरा गोल्डकप फुटबल प्रतियोगीताको उपाधि हेटौडाको विजय युथ क्लवले जितेको छ । शनिबार मोफसलका दुई क्लव रुपन्देहि ११ र हेटौडाको विजय युथ क्लव विच भएको फाईलन खेलमा रुपन्देहि ११ लाई चार शुन्य गोल अन्तरले हराउदै विजय युथ क्लवले उपाधि जितेको हो ।

बाराको सिमरा स्टेडियममा भएको खेलमा विजय युथ क्लवका लागी खेलको २१ औ मिनेटमा विमल रानाले गोल गरी सुरुवाति अग्रता दिलाएका थिए । दोस्रो हाफको ५८ औ मिनेटमा सुनिल बालले विजयीको अग्रतालाई दोब्बर बनाए । विमल रानाले खेलको ५९ र ७९ औ मिनेटमा गोल गरी ह्याट्रिक पुरा गरेपछि रुपन्देहि ११ स्तब्ध बन्यो । सेमिफाईनल खेलमा मोफसलको विजय युथ क्लवले साविक विजेता नेपाल आर्मिलाई सडनडेथमा हराउदै सिमरा गोल्डकपको उपाधि नजिक पुगेको हो । रुपन्देहि ११ ले बीरगञ्ज युनाईटेडलाई एक शुन्यले पराजित गर्दै फाईनलमा पुगेको हो । फाईनल खेलमा म्यान अफ दि म्याच भने विजेता टिमका सुसान लामा घोषित भए । उपाधि जितेको विजय युथले नगत पाँच लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यता उपविजेतामा सिमित बनेको रुपन्देहि ११ ले  दुई लाख ५० हजार प्राप्त गरेका छन् । विजेता युथ क्लवका असोक बराल बेष्ट किपरको अवार्ड जित्दै १५ हजार प्राीत गरे ।

त्यसैगरी उपविजेता टिम रुपन्देहिका देवेन्द्र तामाङ बेष्ट डिफेन्डर, शिव श्रेष्ठ बेष्ट मिडफिल्डर, योगेश गुरुङ बेष्ट फरवार्ड हुदै जनही १५ हजार प्राप्त गरे । विजय युथका विमल राना हाईस्एट स्कोरर र मोष्ट भ्यालुएभल प्लेयर घोषित हुदै सुजुकी होन्डा मोटरसाईकल प्राप्त गरे । सातौ सिमरा गोल्डकप फुटबल प्रतियोगीताको उपाधि विजेता टिमका प्रशिक्षक सुविन घिमिरे उत्कुष्ट प्रशिक्षक घोषित भए । प्रतियोगतिका अवधीभर नियम पुवर्क खेल खेलेका नेपाल आर्मिले फियर प्लेको अवार्ड जित्न सफल भयो ।

नव जनजागृति युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ए डिभिजनका पाँच क्लब सहित १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा दुई पटकको बिजेता मनाङ मस्र्याङदी क्लबसहित थ्रिस्टार क्लब, नेपाल आर्मी, नेपाल एपिएफ, सरस्वती युथ क्लब, रुपन्देही ११, सहारा क्लब पोखरा, वीरगन्ज युनाईटेड, बिजय युथ क्लब र आयोजक नव जनजागृति युवा क्लबले सहभागीता जनाएका थिए ।

Comments

comments