मेलबर्न । यति फुटबल क्लबको आयोजनामा मेलबर्नमा हुन लागेको एमआइटी कप फुटबल २०१६ अभियानको नेतृत्व कुन्दन कार्कीले गर्ने भएका छन् ।

उनी विगत ८ वर्षदेखि यति क्लबसँग आवद्द रहँदै आएका छन् । उनी क्लबका सबैभन्दा प्रतिवद्द र सक्रिय खेलाडीमध्येका एक हुन् ।

खेल व्यवस्थापनमै ग्राज्युएट गरेका कुन्दन अहिले स्थानीय फुटी क्लबका लागि काम गरिरहेका छन् । उनले अहिले क्लबको उप कप्तानको जिम्मेवारी समेत सम्हाली रहेका छन्

एमआइटी कपमा यसपटक १६ टिमको सहभागीता रहने भएको छ ।

Comments

comments