काठमाडौं । मुलुकको सवैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली काँग्रेस राजनीतिक र सँवैधानिक संकटमा पर्ने देखिएको छ । संविधानले व्यवस्था गरेको निर्धारित समयमा महाधिवेशन गर्न नसकेको काँग्रेसले निर्वाचन आयोगवाट पुनः ६ महिना म्याद थपेको थियो । त्यो ६ महिना वित्नै लाग्दा महाधिवेशन गरे पनि सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्न ढिलाई हुँदा काँग्रेस दबाबमा परेको हो । यही चैत्र ५ गतेसम्म पनि नेपाली काँग्रेसले मतपरिणाम सार्वजनिक गर्न नसके उसलाई ठूलो नैतिक संकट आइपर्ने छ । पत्रकार दीपक चन्द लेख्छन् :

नेपाली काँगेसको महाधिवेशनमा निर्वाचन सम्पन्न भएको करिव एक हप्ता वितिसकेको छ । काँग्रेस पदाधिकारी र आरक्षण तर्फको मुस्लिमको मत परिणाम सम्पन्न भए पनि अन्य पदहरुको मद गणनामा विलम्व हुने देखिएको छ । चार दिन देखि खुला तर्फका केन्दीय सदस्यको मतगणना थालिए पनि त्यसले पूर्णत पाउँन अझै एक हप्ता लाग्ने देखिएको छ । पछिल्लो समय नेपाली काँग्रेसलाई चैत्र ५ गतेसम्म महाधिवेशन सम्पन्न गरिसक्न निर्वाचन आयोगले समयसीमा दिएको थियो । तर काँग्रेस निर्वाचन समितिको मत गणनाको रफतार हेर्ने हो भने त्यो समयसीमा नाघ्ने निश्चित छ । देशको सवैभन्दा ठूलो राजनीतिक दलले यसरी देशको कानूनलाई नै आलटाल गर्दा अन्य राजनीतिक दलमा समेत नराम्रो सन्देश गइरहेको छ । चैत्र ५ सम्म महाधिवेशन सम्पन्न गर्ने निर्वाचन आयोगको समयसीमा भए पनि काँग्रेस नेता धनराज गुरुङ र रामहरि खतिवडाले भने महाधिवेशन सम्पन्न भइसकेको दाबी गर्दै मतपरिणाम पनि आउने क्रममै रहेकाले त्यस्तो कुनै संकट नआउने बताउँनुभयो ।

तर निर्वाचन आयोग पनि नेपाली काँग्रेसलाई दिएको समयसीमा अझै वाकी रहेकोले महाधिवेशन सम्पन्न गराएको रिपोर्ट समयमै आउँनेमा विश्वस्त छ । तर आयोगले दिएको समयभित्र महाधिवेशन सम्पन्न गराएको विवरण नआए भने स्पष्टिकरण सोधिने निर्वाचन आयुक्त इला शर्माले वताउनुभयो ।

नेपाली काँग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे भने खुला तर्फका केन्दीय सदस्यको मत गणना एक ठाउँमा मात्रै भएकाले ढिलाई भइरहेको वताउनुहुन्छ । अव सवै केन्दीय सदस्यका उमेदवारहरुसँग कुराकानी गरेर अरु ठाउँमा पनि मत गणना गरिनेवारे कुराकानी भइरहेको बताउँदै उहाँले चैत्र ५ गतेभित्र जसरी पनि सवै पदको परिणाम आइसक्ने दाबी गर्नुभयो ।
विक्रम सम्वत २०४६ साल यता नेपाली जनताले राजनीतिक दलहरुवाट ठूलै आशा र भरोसा राखेका थिए । तर लोकतन्त्रको हिमायती भन्न मन पराउने नेपालका राजनीतिक दलहरुले विभिन्न समयमा आफ्नो वास्तविक रुप देखाएर लोकतन्त्रको नै उपहास गर्दै आएका छन् ।

यसरी कानून निर्माण गर्ने मुख्य ठाउँमा रहेका दलहरुवाटै समय समयमा कानूनको उल्लङघन हुनु लोकतन्त्रमा शोभा दिदैन । झन् त्यसमाथि नयाँ संविधान बनाउँन नेतृत्वकारी भूमिका खेल्ने नेपाली काँग्रेस त यसप्रति गम्भीर हुनैपर्छ ।

Comments

comments