काठमाडौं । चढ्दो गर्मीमा चिसो पानीयुक्त स्वीमिङ पुलमा पौडी खेल्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले विस्तारै बढेको गर्मीसँगै राजधानीका विभिन्न स्वीमिङ पुलहरुमा पौडी खेल्न जानेहरुको संख्या पनि बढ्दैछ । तर तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ भने पौडी खेल्न ती स्वीमिङ पुलहरुमा जानु अघि एक पटक अवश्य सोच्नुहोला । के थाहा पौडीको मज्जासँगै तपाईले विभिन्न सरुवा रोगहरुको सामना पनि गर्नुपर्ने हो कि ? किनभने नेपालका धेरै स्वीमिङ पुलहरुमा सरुवा रोगको उच्च जोखिम भएको पाइएको छ । पत्रकार रिया भण्डारी लेख्छिन् :

पौडीले हामीलाई स्वास्थ्य राख्छ । पौडी एक प्रकारको शारीरिक र मानसिक रुपमै स्वास्थ्य रहने उपयुक्त शारीरिक ब्यायाम पनि हो । तर तपाइलाई अचम्म लाग्न सक्छ कि स्विमिङ पुलबाट पनि विभिन्न सरुवा रोग लाग्छ भन्दा । हो, नेपालका स्विमिङ पुलहरुमा सङ्क्रमणको उच्च जोखिम छ भनेर बिज्ञहरुले भन्दै आएका छन् । स्वीमिङ पुलमा भएको पानीले झाडापखाला र टाइफाइडज जस्ता सरुवा रोग लाग्ने खतरा प्रशस्तै भएको विज्ञहरुको भनाइ छ । अझ हामीकहाँ भएका अधिकांश स्वीमिङ पुल अन्तराष्ट्रिय मान्यताविपरीत सञ्चालन भइरहेको पाइएको छ ।

अन्तराष्ट्रिय मान्यताअनुसार स्विमिङ पुलको पानी समय समयमा फेर्नुपर्छ । स्विमिङ पुलमा पौडी खेल्नुअघि नुहाउनका लागि छुट्टै स्थान चाहिन्छ । पौडनका लागि छुट्टै कपडा अनिवार्य चाहिन्छ । तर, यहाँका अधिकांश स्विमिङ पुलले यसलाई बेवास्था गरेका छन् । चिकित्सकहरुका अनुसार काठमाण्डौंमा सञ्चालित स्विमिङ पुलले थुप्रै अन्तराष्ट्रिय मापदण्ड उल्लंघन गरेका छन् । ती स्विमिङ पुलमा सरुवा रोगको उच्च संक्रमण देखिन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार स्वीमिङ पुलको पानीमा मिसाइएको क्लोरिन खतरनाक बन्नसक्छ । पानीमा क्लोरिनको मात्रा बढी भए श्वाससम्बन्धी समस्या उत्पन्न हुनसक्छ । यसका अतिरिक्त केश तथा छालासम्बन्धी समस्या पनि देखापर्न सक्छ । स्वीमिङ पुलमा धेरै किसिमका मानिस आउँछन् । त्यही पानीमा स्वीमिङ गर्दा रोगले ग्रसित तुल्याउन सक्छ । स्वीमिङ पुलमा जानुअघि मेकअप, हेयर प्रोडक्ट, बडी लोसन आदि प्रयोग गर्नुहुँदैन । यस्ता प्रसाधन पानीमा भएको क्लोरिनसँग मिसिएर खतरनाक साबित हुनसक्छन् ।

त्यसैले गर्मी छल्न र स्वास्थ रहन तपाइँ स्विमिङ जाँदै हुनुहुन्छ भने साबधान रहनु होला कतै स्विमिङ गरेर स्वास्थ्य रहने सोच अफसोचमा नबदिलियोस ।

Comments

comments