नेपाली कथानक चलचित्र “सेफ ल्याण्डिड” अष्ट्रेलियाको सिड्नीमा प्रर्दशन हुने भएको छ ।

अष्ट्रेलियामा बसोबास गरि रहेका बसन्त भण्डारी र मलेसियन निबासी राहुल अग्रवालले निर्माण गरेको यस चलचित्रमा नेपाली, मलेसियन, अमेरिकन र चेक रिपब्लिकका कलाकारहरूको शसक्त भूमिका देख्न सकिने निर्माण पक्षले जनाएको छ  ।  यस चलचित्रको कथा र निर्देशन मलेसिया निवासी  सन्दीप जोसेफले गरेका हुन् भने  निरज बराल र सुशील पोख्रेलको बेजोड  अभिनय देख्न पाइने छ ।

लामो समयको अन्तराल पश्चात नायिका  झरना बज्राचार्यको शसक्त र भिन्नखालको अभिनय यो चलचित्रमा देख्न सकिने छ  ।  सिड्नीको हर्सभिल सिभिक थिएटरमा आगामी अगष्ट ९ र १०  मा स्थानीय समय अनुसार साँझ ६ बजे  प्रदर्शन हुने यस चलचित्रको प्रिमिएयरको लागि झरना बज्राचार्य पनि अष्ट्रेलिया आउने  आयोजक नो वोरिज फिल्मस् ले  जनाएको छ । 

Comments