टोक्यो । जापानको प्रसिद्ध होण्डा मोटर कम्पनीले पेट्रोल,डिजेल वा ब्याट्री विना पनि चल्ने अत्याधुनिक कार निर्माण गरेको छ ।

कम्पनीले हाइड्रोजनबाट चल्ने फ्युल सेल प्रविधिको अत्याधुनिक कार विहीवार सार्वजनिक गरेको हो । यो कारमा इन्धनको रुपमा पानीमा प्रयोग हुनेछ । उक्त पानीबाट हाइड्रोजन ग्याँस उत्पन्न हुने प्रविधि यो कारमा जडान गरिएको छ । तर होण्डाले तत्कालका लागि सीमित कारहरु मात्र उत्पादन गर्ने जनाएको छ । होण्डा कम्पनीले विहीवार जारी गरेको मूल्य अनुसार यो कारको प्रारम्भिक मूल्य ७६ लाख ६० हजार जापानी येन पर्नेछ ।

होण्डाका अनुसार पाँच जना अटाउँने यो कार पहिलो वर्ष २०० वटाको संख्यामा मात्र उत्पादन गर्ने लक्ष्य राखिएको छ । शुरुमा ती कारहरुलाई सरकारी निकायहरु जस्तै वातावरण मन्त्रालय र यसका विभागहरुको साथै केही व्यापारिक संस्थाहरुलाई भाडामा मात्र उपलब्ध गराइनेछ । यस्तै अर्को वर्षको शुरुवातमै यो कार अमेरिकाको क्यालिफोर्नियाबाट अधिकारिक रुपमा विक्री शुरु गरिनेछ । इसको मूल्य ६० हजार डलर तोकिएको छ । भाडामा लिन चाहनेले भने मासिक ५ सय डलर तिर्नुपर्नेछ । तर जापानमा भने यो कार भाडामा लिन चाहनेले मासिक १ लाख येन तिर्नुपर्नेछ । वातावरणका लागि क्रियाशील सरकारी निकायहरुले यति भाडा तिरेर भए पनि यो वातावरणमैत्री कार प्रयोग गर्ने होण्डाको विश्वास रहेको कम्पनीले जनाएको छ ।

यो अत्यन्त वातावरणमैत्री कार हो । यसमा इन्धनका रुपमा हाइड्रोजन र अक्सिजनको संयुक्त घुलन अर्थात विशेष पानी मात्र प्रयोग गरिन्छ । फुल ट्यांकी पानीले ७५० किलोमिटर गुड्ने कम्पनीले दाबी गरेको छ ।

Comments

comments