काठमाडौँ । सर्वोच्चमा न्यायाधिस नियुक्तिको सिफारिस फिर्ता गरेर विवादमा तानिएकी सभामुख ओनसरी घर्तीले फेरि अर्को त्यस्तै निर्णय गरेकी छिन् ।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्तीका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिसलाइ सभामुख ओनसरी घर्तीले परिषदमै फिर्ता गरेकी छिन् ।

संसदको नयाँ नियमावली बनिसकेको तथा संसदीय सुनुवाइ समिति गठन नभएको भन्दै यादवको नियुक्तीका लागि परिषद्ले गरेको सिफारिस सभामुख घर्तिले विहीबार फिर्ता गरेकी हुन् । यादव आयोगका कार्यवहाक प्रमुख हुन्।

Comments