मेलबर्न । यति फुटबल क्लबले मेलबर्न भिक्टोरियाका नेपाली समुदायका १४ वर्ष मूनिका बालकहरुलाई फुटबल प्रशिक्षणको अवसर उपलब्ध गराउँने भएको छ ।

क्लबले आगामी एमआइटी कप २०१६ को दौरानमा मेलबर्न भिक्टोरीका प्रशिक्षकहरुबाट निशुल्क फुटबल प्रशिक्षण उपलब्ध गराउँने भएको हो । त्यसैले भिक्टोरियाकै उत्ृकष्ट क्लबमा प्रशिक्षण लिन पाउँने यो स्वर्णिम अवसर खेर नफाली आफ्ना बच्चाहरुलाई प्रशिक्षणमा सहभागी गराउँन अभिभावकहरुलाई अनुरोध गरिउको छ । पहिले नाम दर्ता गराउँने ५० जनालाई निशुल्क गुडी ब्याग समेत उपलब्ध गराइने क्लबले जनाएको छ ।

प्रशिक्षण अवधि एक घण्टाको रहनेछ । इच्छुकहरुले दिउँसो १ः३० बजेदेखि नाम दर्ता गराउँन सक्नेछन् भने प्रशिक्षण समय दिउँसो २ देखि ३ बजेसम्म हुनेछ ।

Comments

comments