मेलबर्न । भिक्टोरियाका नेपाली युवाहरुलाई नेतृत्व प्रदान गर्दै आउँनुभएका सञ्चारकर्मी श्रीकृष्ण सिलवालले नेप्लीज एसोसियसन अफ भिक्टोरिया न्याभको आसन्न निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सामाजिक क्षेत्रमा समेत क्रियाशील रहँदै आउँनुभएका सिलवाल पछिल्लो समय नेपाली युवा समाज भिक्टोरियाको तदर्थ समितिको संयोजक रहनुभएको छ ।

न्याभको आसन्न निर्वाचनमा उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुुहुँदै परदेशमा रहेर पनि अझै नेपाल र नेपाली समुदायका लागि केही गर्ने आफ्नो इच्छा,संकल्प र दृढता रहेको उल्लेख गर्नुभएको छ । ‘समाजलाई तोडेर हैन,जोड़ेर बनाउन सकिन्छ । जोड़ेर नै हाम्रो समुदाय एकीकृत हुन्छ । र, एकतानै परिवर्तनको संबाहक पनि हो,’ आफ्नो उम्मेदवारीको औचित्यबारे प्रकाश पार्दै उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ ।

यस्तै आफू सामाजिक काममा क्रियाशील रहँदै आएको स्मरण गराउँदै सिलवालले अझै संस्थागत रूपमा धेरै नै गर्न सकिन्छ कि भन्ने विश्वासले आउदो न्याभको चुनावमा उपाध्यक्षमा उमेरद्वारी दिने निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ । समुदायसंगै काम गर्ने आफ्नो अमिट चाहना राख्दै उहाँले सबैको सुझाव र सहयोगको आशा गर्नुभएको छ ।

Comments

comments