काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री शशांक कोइरालाले नेपालको राजनीति अहिले तरल अवस्थामा रहेको भन्दै यसको व्यवस्थापनका लागि आफ्नो पार्टी प्रयत्नशील रहने बताउँनुभएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै उहँले कांग्रेस प्रजातान्त्रिक पद्धतिबाट सञ्चालन भएको तथा निरन्तर क्रियाशिल हुँदै नेपाली जनताको धरोहर बनेको बताउँनुभएको छ । कोइरालाले राष्ट्रियता, प्रजातन्त्र, प्रजातान्त्रिक समाजवादमा आधारित सामाजिक न्याय आजको अपरिहार्यता भएको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

मधेशमा असहमति रहेको भन्दै सहमति, सहकार्य, समझदारी, आपसी विश्वास र मेलमिलापबाट यो समस्या समाधान उनले विश्वास उहाँले लिनुभएको छ । कोइरालाले महाधिवेशन प्रतिनिधिको अभिमतप्रति आफू इमान्दार रहने प्रतिबद्धता पनि जनाउँनुभएको छ ।

महामन्त्रीमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद तथा विजयी उम्मेदवारलाई बधाई दिन कोइरालाले विज्ञप्ति जारी गर्नुभएको हो ।

Comments

comments