मेलबर्न । अष्ट्रेलियामा फेरि अर्को नेपाली म्यूजिक भिडियोका निर्माण भएको छ ।

सुन्दर सहर ब्रिसबेनका मनोरम दृश्यहरुलाई समेटेर छायांकन गरिएको तिमी अनि म बोलको गीतको म्युजिक भिडियोको दर्शकमाझ छिट्टै आउने भएको छ । गायिका अबुन पाण्डे र गायक संजिव पराजुलीको स्वरमा रहेको यो गीतको म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् । उनले अष्ट्रेलियामा रहेर निरन्तर रुपमा नेपाली गीतमा म्युजिक भिडियो बनाउँदै आएका छन् । यस गीतका संगीतकार भने टिका दाहाल हुन् ।

ब्रिसबेन सहरमा पर्ने सन साइन कोस्टको आकाशे भवनको बिसौ तलाबाट वरिपरिका लोभ लाग्दा दृश्यहरु कैद गरिएको भिडियोको उत्कृष्ट बनेको निर्माणपक्षको दाबी छ ।

“तिमी अनि म “ गीतमालाई हाल अमेरिकामा अध्ययनरत चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् । भिडियोमा राजु कान र एन्जिला महतको अभिनय रहेको छ ।

Comments

comments