काठमाडौँ ।नक्कली चिकित्सक भेटिने क्रम बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले मुलकुभरका सबै डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सुरु गरेको छ ।

काउन्सिलमा दर्ता ररहेका करिब १७ हजार डाक्टरको प्रमाणपत्र छानबिन सुरु गरिएको हो।

आगामी ६ महिनाभित्र सक्ने गरी यसैसातादेखि सबै डाक्टरको प्रमाणपत्र छानबिन थालिएको हो ।

काउन्सिलले नेपाल प्रहरीको सिआइबी, उच्च माध्यमिक परिषद तथा परीक्षा नियन्त्रण कार्यालयसँग मिलेर यो अभियान सुरु गरेको हो।

Please follow and like us:

Comments