काठमाडौं । आज फागुन कृष्ण औंसीका दिन खण्डग्रास सूर्यग्रहण लागेको छ ।

नेपालमा सूर्यग्रहण आज विहान ६ बजेर २७ मिनेटवाट शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार ग्रहणको मध्यकाल अहिले विहान ६ बजेर २७ मिनेट जाँदा र मोक्ष काल विहान ७ बजेर २ मिनेटमा हुनेछ । आज बिहान ५ः ५७ बजे नै सूर्यग्रहणको स्पर्श भए पनि नेपालमा भने ६ बजेर २२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिले जनाएको छ ।

सूर्य ग्रहणको अमेरिकी संस्था नासाले प्रत्यक्ष प्रसारण गरिरहेको छ । तपाई पनि यो लिंकमा गएर हेर्न सक्नुहुनेछ ।

http://www.nasa.gov/content/watch-march-8-solar-eclipse-live

Please follow and like us:

Comments