काठमाडौं । आज फागुन कृष्ण औंसीका दिन खण्डग्रास सूर्यग्रहण लागेको छ ।

नेपालमा सूर्यग्रहण आज विहान ६ बजेर २७ मिनेटवाट शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार ग्रहणको मध्यकाल अहिले विहान ६ बजेर २७ मिनेट जाँदा र मोक्ष काल विहान ७ बजेर २ मिनेटमा हुनेछ । आज बिहान ५ः ५७ बजे नै सूर्यग्रहणको स्पर्श भए पनि नेपालमा भने ६ बजेर २२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिले जनाएको छ । समितिका अनुसार ग्रहणको मध्यकाल विहान ६ बजेर २७ र मोक्षकाल ७ बजेर ०२ बजे हुनेछ । यसबीचमा ग्रहण बार्नेले स्पर्श हुनुभन्दा चार प्रहरअघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने शास्त्रीय वचन छ ।

सरकारले सूर्य ग्रहणको दिन आज सार्वजनिक विदा दिएको छ । ग्रहणको समय पूजापाठ तथा धार्मिक प्रवचनहरु श्रवण गर्दा धेरै नै पुण्य हासिल हुने शास्त्रहरुमा उल्लेख भएको पाईन्छ ।

Comments

comments