सोल । दक्षिण कोरियामा एकैदिन २ नेपालीले आत्महत्या गरेका छन् ।

इपीएसमार्फत कोरिया आएका आएका २ नेपाली युवा कामदार एकै दिन झुण्डिएर मृत अवस्थामा फेला परेका हुन् ।

कन्चनपुरका मोहनसिंह बुढापाल र गूल्मीका बिजय खत्री आइतबार आफ्नै कम्पनी परिसरमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

इपीएसमार्फत बुढापाल महिनाअघि कोरिया आएका थिए। खत्री भने आफ्नै कोठामा गलबन्दीको पासोमा भेटिएका थिए।

Comments

comments