सिड्नी । नारी निकुन्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवशको अवसर पारी घरेलु हिंसा तथा मानसिक रोगसम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर मनाएका छन्।

हालको एक तथ्याङक अनुसार प्रत्येक ६ जना महिलामा एक जना महिला आफ्ना पति तथा साथीबाट हिंसाको शिकार हुने गर्छन्। रिर्पोटमा हजारौको संख्यामा पारिवारिक हिंसाका घटना अत्याधिक रुपमा बढ्दै गएको बताइएको छ । यद्यपी आधामात्र घटनाहरु प्रहरीसम्म पुग्ने गर्छ।

अष्ट्रेलियामा नेपाली समुदाय बढ्दै जाने क्रममा उल्लेखित बिषयहरुमा सूचना मुलक कार्यक्रमहरु गर्नु अपरिहार्य देखिएकोले नारी निकुन्जले यसको नेतृत्व लिएर कार्यक्रमको आयोजना गरेको संयोजक श्रृजना संग्रौलाले बताइन्।

न्युसाउथ वेल्स राज्यको छाया सरकारका महिला मामिला सम्बन्धी मन्त्री सोफी कोस्टिसको प्रमुख आतीथ्यमा सम्पन्न भएको सो कार्यक्रममा कानुनविद पल्लवी सिन्हा र मानसिक रोग विज्ञ डा. घनश्याम चापागाईले क्रमश घरेलु हिंसा, कानुनी उपचार तथा समाजमा व्याप्त मनोबैज्ञानीक समस्याका विषयहरुमा महत्वपुर्ण जानकारी दिएका थिए ।

त्यस्तै गरी प्रहरीका तर्फबाट अनुसन्धान बिभागका प्रमुख कार्ल लिस र अमान्डा हलिन्सले घरेलु समस्या समुदायकै एउटा ठूलो समस्या भएकोले प्रहरी समुदायसंग हातमा हात मिलाएर समस्याका निराकरणका लागि सदैव तयार रहेको बताए ।
कार्यक्रमा बाल्दै छाया मन्त्री कोस्टीसले आफू नेपाली समुदायसँग काम गर्न इन्छुक रहेको र बिशेषगरी घरेलु हिंसा र जनचेतना गराउने कार्यमा नेपाली समुदायलाई साथ दिने बताइन् । उक्त कार्यक्रममा नेपाली समुदायका प्रभावशाली व्यत्तित्वहरुको पनि उपस्थिति थियो ।

रोग लागेपछि उपचार गर्नु भन्दा त्यसको न्युनीकरण तथा निराकरण गर्नु उपयुक्त हुने कुरालाई मध्यनजर गर्दै आउ‘दा दिनहरुमा हिन्सा तथा मानसिक समस्या पहिचार तथा समाधानका लागि यस्ता चेतना मुलक कार्यक्रमहरुको आयोजना गर्दै जाने निकुन्जले जनाएको छ ।

यसका साथै निकुन्जले डलर वन प्रोजेक्टको घोषणा गरिएको थियो ।

स्रोत : सेतोपाटी

Comments

comments