काठमाडौं । पहिलो चरणको मतदानबाट सभापति चयन हुन नसकेपछि नेपाली कांग्रेसको सभापति चयन गर्न सोमबार दिउँसो पुनः मतदान हुँदैछ । दोस्रो चरणको मतदानका लागि प्रतिनिधिहरु अहिले लाइनमा लागेका छन् ।

भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि ५ बजेसम्म चुनाव हुने निर्वाचन समितिले जनाएको छ । प्रतिनिधिहरु दोस्रो चरणको मतदानका लागि व्यग्र प्रतिक्षामा छन् । आइतबार रातभर पनि मत परिणामको प्रतिक्षामा बसेका प्रतिनिधि सोमबारको निर्वाचनका लागि पनि १ नबज्दैदेखि लाइनमा लागेका हुन् ।

उम्मेदवार र मतदाताले समर्थन जनाएमा मंगलबार बिहान मात्रै मतगणना गर्ने समितिको तयारी छ । मतदानमा खटिएका नेता कार्यकर्ता आइतबार राति सुत्न नपाएकोले मंगलबार मात्रै गणना गर्ने समितिको तयारी हो ।

Comments