मेलबर्न । नेप्लीज एशोसियसन अफ भिक्टोरियाको आयोजनामा सम्पन्न ११ औं न्याभ कप क्रिकेट टुर्नामेन्टमा सहभागी क्लबका खेलाडी तथा पदाधिकारीहरुलाई रात्रिभोजको आयोजना गरिएको छ ।

आइतवार प्रतियोगीता सम्पन्न भएसँगै आयोजित पुरस्कार वितरण समारोहपछि रात्रिभोजको समेत व्यवस्था गरिएको थियो । टुर्नामेन्टको मूख्य प्रायोजक आरजिआइटी र कँडेल कन्सल्टेन्सीले संयुक्त रुपमा रात्रिभोजको आयोजना गरेको हो । उक्त रात्रिभोजमा विजेता खेलाडीहरुका साथै सहभागी सबै क्लबको समेत सहभागीता रहेको थियो ।

प्रतियोगीताको उपाधि यसपटक पनि दी हिमालयन क्लबले जितेको छ ।

Comments

comments