काठमाडौं । एसिया कप ट्वान्टी ट्वान्टी क्रिकेटको उपाधि भारतले जितेको छ ।

मिरपुरमा आइतवार राति सम्पन्न खेलमा बंगलादेशलाई आठ विकेटले पराजित गर्दै भारतले उपाधि कब्जा गरेको हो ।

बंगलादेशले भारत सामु प्रस्तुत गरको १ सय २१ रनको लक्ष्य १३ ओभर ५ बलमा २ विकेट गुमाउँदै  भेटाएर भारतले उपाधि आफ्नो पोल्टामा पारेको हो।
भारतका लागि शेखर धवनले ६०, विराट कोलीले ४२ र कप्तान महेन्द सिंह धोनीले २० बनाएका थिए।

Comments