काठमाडौं । नेपाली कांग्रेसको १३ महाधिवेशन अन्तर्गत आइतवार सम्पन्न निर्वाचनको मत गणना शुरु भएको छ ।

आइतवार राति १० बजे नै मत गणना शुरु गर्ने भनिए पनि झण्डै पौने चार घण्टा ढिलो गरि मध्येराति पौने दुईबजेदेखि मत गणना शुरु भएको हो । मनोनीत प्रतिनिधिलाई मताधिकार दिने कि नदिने भन्ने विवादले मत गणनामा ढिलाई भएको थियो । अहिले राष्ट्रिय सभागृहमा तीन समूह बनाएर मत गणना भैरहेको छ ।

सोमवार मात्र मतगणना हुने महामन्त्री र कोषाध्यक्ष लगायतको मतपेटिका भने प्रहरीको विशेष स्कर्टिङमा पार्टी कार्यालय सानेपा लगिएको छ ।

तीन सय मत गनिसकेपछि मात्र जानकारी दिने आचारसंहितामा उल्लेख छ ।

Comments

comments