काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत मतदान प्रक्रिया सम्पन्न भएको छ ।

बिहान करिब ९ बजेबाट सुरू भएको मतदान प्रक्रिया राति ९ बजे सम्पन्न भएको हो । ३ हजार १ सय ६१ मतदाता रहेकामा ३ हजार १ सय ४७ मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन आयोगले आजै राति १० बजेबाट मत गणना शुरु गर्ने तयारी गरेको छ । तर
तत्कालिन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० प्रतिनिधिलाई निर्वाचन समितिले मतदान गर्न रोकेपछि विवाद उठेको छ ।

उनीहरु मतदानको माग गर्दै मतदानस्थलमै धर्नामा बसेका छन् । आफूहरुको माग संबोधन नभएसम्म मतगणना स्थगित हुनु पर्ने उनीहरुको मागका कारण मतगणना कार्य अनिश्चित बनेको छ ।

Comments

comments