मेलबर्न । भिक्टोरियन नेपाली समुदायबीच प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्टको ११ औं संस्करणको उपाधि दी हिमालयन क्लबले जितेको छ ।

आइतवार उपाधिका लागि डिफेन्डिङ च्याम्पियन दी हिमालयन क्लब र सगरमाथा स्टार्सबीच भएको फाइनल भिडन्तमा सगरमाथालाई पराजित गर्दै हिमालयनले उपाधि रक्षा गरेको हो । योसँगै न्याभ कपमा दी हिमालयनले लगातार तीन पटक जितेर ह्याट्रिक गरेको छ ।

स्थानीय टिडब्लु ब्लेक पार्कमा भएको फाइनल प्रतियोगीता हेर्न उल्लेख्य दर्शकहरुको सहभागीता रहेको थियो ।

टुर्नामेन्टमा यसपटक ६ टिमको सहभागीता रहेको थियो । जस्मा नेप्लीज एसोसियसन अफ भिक्टोरियाको आयोजनामा शुरु भएको टुर्नामेन्टमा द हिमालयन क्लब,सगरमाथा स्टार्स,सगरमाथा रेनेगेड्स,नर्रे किङ्स,ब्रन्सवीक ब्लुज,इष्टर्न वरियर्स रहेका छन् ।

Comments

comments