मेलबर्न । थरि थरिका रंग,साथीहरुहरुसँग । त्यसमाथि चिसो पानी छ्यापाछ्याप अनि स्वादिलो तातो तातो नेपाली मःम । सम्झदै आनन्द लाग्ने यस्तो क्षण मेलबर्नमा भने साकार हुँदैछ ।

रंगहरुको पर्व होलीको अवसरमा मधेसी समाज भिक्टोरियाले आयोजना गर्न लागेको होली फेष्टिबल अफ कलर्समा यस्तो व्यवस्था गरिन लागेको हो । मोरल्याण्ड सिटी काउन्सिलको आर्थिक सहयोगमा हुने यो महोत्सव नितान्त अल्कोहलरहित हुनेछ । यही मार्च २० गते अपरान्ह १ देखि ४ बजेसम्म हुने रंगहरुको उत्सव होलीमा सहभागी बन्न सम्पूर्ण मेलबर्नबासीमा आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रममा सहभागीताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । होली उत्सव कार्यक्रम ब्रुन्सवीक इष्टस्थित जोन्स रिजर्भ पार्कमा हुनेछ । कार्यक्रममा हल्का पेय पदार्थका साथमा रंगहरु,गीत संगीतका साथै भरपूर मनोरञ्जनको व्यवस्था रहने आयोजकले जनाएको छ ।

होली उत्सवलाई पारिवारिक र मैत्रीपूर्ण वातावरणमा सम्पन्न गर्ने योजनामा आयोजक मधेसी समाज भिक्टोरिया रहेको छ । हिमालयन कङ्गारुले पनि अफिसियल मिडियाको रुपमा सहकार्य गर्दैछ ।

Comments

comments