काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि मतदान जारी छ । बिहानैदेखि भइरहेको निर्वाचन अन्तर्गत सभापतिको मत परिणाम आइतबार नै सार्वजनिक हुने भएको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेको अवस्थामा सोमबार फेरि चुनाव गर्नुपर्ने भएकाले नतिजा आइतबार नै सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार मतदान सकिएलगत्तै राष्ट्रिय सभागृहमै मतगणना सुरु हुनेछ । आज सभापतिको मात्र गणना हुने र राति नै परिणाम आउने उहाँले बताउनुभयो ।

कांग्रेसको विधान अनुसार सभापतिका उम्मेदवारले विजयी हुन कम्तीमा ५१ प्रतिशत मत ल्याउनुपर्छ । कसैले पनि ५१ प्रतिशत मत नल्याएमा बढी मत ल्याउने दुईजनाबिच सोमबार चुनाव हुनेछ ।

कांग्रेसको १३ औँ महाधिवेशनमा सभापतिका लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् ।

Comments

comments