काठमाडौं । देशभर आइतबार बिहानैदेखि मौसम बदली भएको छ । पश्चिमी वायुको असरका कारण देशभरीकै मौसम बदली भएको मौसम महाशाखाले जनाएको छ । मौसमको खराबीका कारण हवाई उडानहरु समेत अबरुद्द भएका छन् ।

मौसम महाशाखाका अनुसार अहिले यो वायु पश्चिमबाट पूर्वतिर गइरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम पूृर्ण रुपमा बदलिएको छ । पूर्वमा भने आशिंक बदली भएको छ । बेलुका यो वायु पूर्वमा पुग्ने भएकाले त्यस क्षेत्रको मौसम पनि बदली हुने अनुमान छ ।

आज बेलुकासम्ममा हावाहुरी र मेघगर्जनसहित देशभरी नै पानी पर्ने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । पश्चिमी वायु कमजोर हुँदै गएपछि मौसम क्रमिक रुपमा सुधार हुने बताईएको छ । सोमबार पनि देशभरको मौसम आशिंक बदली हुने अनुमान छ ।

Comments

comments