मेलबर्न । नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभको आयोजनामा शनिवार गल्फ टुर्नामेन्ट सम्पन्न भएको छ ।

फेयरफिल्डस्थित यारा बेन्ड गल्फ कोर्समा आयोजित न्याभ गल्फ टुर्नामेन्ट २०१६ को उपाधि मिकिया दोर्जेले जिते ।

यस्तै टुर्नामेन्टको हार्डेष्ट गल्फरको उपाधि किशोर राईले पाए भने ब्याक नाइन अशिष लिम्बु,फ्रन्ट नाइन लोप्साङ थोटुपले जिते । यसैगरि नोभाइसतर्फ रोशन श्रेष्ठ प्रथम,साजन तामाङ द्धितिय भए भने जोग लिम्बु तेस्रा भए ।

टुर्नामेन्ट अन्तर्गत स्ट्याबलफोर्ड अर्थात ह्यान्डीक्यापतर्फ स्पन्दन कार्की प्रथम भए । सोही विधामा सन्स तामाङ दोस्रा भए भने जोग लिम्बु तेस्रा भए ।

विजेताहरुलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरिएको थियो ।

golf award

golf 1

Comments

comments